INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीको गोली प्रहारबाट एकजना घाइते

जिल्ला प्रहरी कार्यालय सिरहाको गस्ती टोलीले माघ ४ गते चलाएको गोलीले सिरहा नपा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका छन् ।

सिरहा नपा–२१ मा गस्तीटोलीले चेकजाँचको लागि स.६ प. ६१४० नम्बरको मोटरसाइकलमा सवार रहेका यादवलाई रोक्न खोज्दा यादवले कटुवा पेस्तोलले हमला गरेपछि जबाफी फायरिङ्गमा यादव घाइते हुन पुगेका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमाशङ्कर प्रसाद यादवले बताए ।

घाइते यादवको दाहिने हातको पाखुरामा गोली लागेको पनि इन्स्पेक्टर यादवले बताए । घाइतेको सामान्य उपचार जिल्ला अस्पतालमा गरेपछि उनलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर उमाशङ्कर प्रसाद यादवले बताए ।

अन्य

भिडियो