नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि उम्मेदवारी दिँदा कुटपिट भएको पीडितले आरोप लगाउनु भएको छ ।
सुनसरीको धरानमा एमाले नेता तथा पूर्वमन्त्री भीम आचार्यको स्वकीय सचिव अनिल राजधामीले आफूमाथि मंंसिर ११ गते कुटपिट भएको आरोप लगाउनु भएको हो ।
युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका कुटपिट भएको पीडितको आरोप छ ।
आफू एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल गुटसँग नजिक रहेको र सोही कारण देखाएर आफूलाई कुटपिट भएको पीडितको आरोप छ ।
उम्मेदवारी फिर्ता गर्न नमानेपछि संस्थापन पक्षले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।
युवातर्फ एक जना युवा प्रतिनिधिका लागि राजधामीसहित रवि खनाल, आर्जन वाग्ले, योगेशबाबु काफ्ले र दिवस वान्तवा राईले उम्मेदवारी दर्ता गराउनु भएको छ । मंसिर ११ गते सर्वसम्मत गर्ने भन्दै छलफल बोलाइएको थियो । आफूले चुनाव लड्ने बताए अडान लिएपछि संस्थापन पक्षका कार्यकर्ताले कुटपिट गरेको पीडितको आरोप छ ।
‘निर्वाचन नगर्ने पार्टी नेतृत्वले गरेको निर्णय मन्जुर छ भनि कागजमा चार जनालाई सही गराइएको थियो, रामधामीले नमानेपछि कुटपिट भयो,’ एमाले धरान स्रोतले भन्यो, ‘कुटपिटपछि उनलाई पार्टीले गरेको निर्णय मान्य हुन्छ भन्ने कागजमा सहीछाप गर्न लगाइएको छ ।’
एमाले धरान नगरकमिटी अध्यक्ष हर्कराज एभेङले युवा प्रतिनिधि उम्मेद्वारबीचको विवाद मिलिसकेको बताउनु भयो । ’युवाहरु छलफल गर्दा सामान्य बादविवाद हुनु स्वभाविक हो, खै के नमिलेर धकेला धकेल गरे,’ एभेङलेले भन्नुभयो ’ यो विषय मिलिसक्यो, अनिलको विजयपुर अस्पतालमा अनुहारको उपचारपछि विवाद मिलिसकेको छ ।