२७ वर्षीया महिलालाई ०८२ कात्तिक २६ गते बलात्कार आरोपमा चन्द्रपुर नगरपालिका–७ बस्ने २४ वर्षीय शेख समसादलविरुद्ध पीडित पक्षले मङ्सिर २ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ ।
महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २ गते चन्द्रपुर सरकारी अस्पतालमा गरिएको छ । आरोपित घटनापछि फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रुपा लाबुङले बताउनु भयो ।