१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला शुक्लागण्डकी नपा–४ का १९ वर्षीय प्रशान्त थापा, २५ वर्षीय विजय श्रेष्ठ, १९ वर्षीय अञ्जन श्रेष्ठ र सिन्धुली जिल्ला पिपलमाडी गाउँपालिका–३ घर भई हाल शुक्लागण्डकी नपा–४ बस्दै आएका २२ वर्षीय विक्रम राईलाई माघ २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाईस्याङ्जा घुम्न आएका आरोपितहरूले माघ १ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तले माघ २ गते जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरी पश्चात् आरोपितहरूलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका इन्स्पेक्टर विजयकुमार सिंहले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ परीक्षण माघ ३ गते जिल्ला अस्पताल स्याङ्जामा गरिएको प्रहरीले जनाएको छ ।