डिसीए नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूह र राप्ती सोनारी गाउँपालिका र वडा नं. ५ को कार्यालयसँगको सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र्याली, झाँकी सहितको कार्यक्रम राप्ती सोनारी गाउँपालिका– ५ विनौनामा ०८२ मङ्सिर १० गते सम्पन्न भएको छ ।

कार्यक्रम विनौना बजार परिक्रमा गरी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभामा पालिका तथा वडा कार्यालका कर्मचारीहरु, मानव अधिकारकर्मी, वातावरण्ीय मानव अधिकारकर्मी, सहकारीका सदस्यहरु, विद्यार्थी र महिलाहरु गरी ८० जनाको सहभागीता रहेको थियो ।
मानव अधिकार समूहकी संयोजक धनी वलीले हिंसाका स्वरुप बदलिएर गलत प्रविधिको प्रयोगले महिलामा हिंसामा कमी नआएको र अझै वढ्दै गएकोले महिलाहरु आत्मनिर्भर हुन आवश्यक रहेको बताउनु भयो ।

राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सफलताको शुभकामना दिँदै कुनै पनि प्रकारको हिंसा सहन नहुने बताउनु भयो । साथै उहाँले हिंसा विरुद्ध एक भएर आवाज उठाउन सके विस्तारै कम हुँदै जाने र गाउँपालिकाबाट लैङ्गिक हिंसामा परेकोलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
