पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जिल्लाको कैलारी गाउँपालिका–४ घर भइ हाल साँफेबगर बस्दै आएका ३५ वर्षीय सोमबहादुर बस्नेतलाई पुस २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस २८ गते बलात्कार गरेको भनी पीडित पक्षले प्रहरीमा उजुरी गरेपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३० गते जिल्ला अस्पतालमा गरिएको पनि डिएसपी शाहीले जानकारी दिए ।