२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ काफलबोटका १९ वर्षीय सुनिल खतिवडालाई गिरफ्तार गरेको छ ।
युवतीलाई ०८२ कात्तिक २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि मङ्सिर १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धीरेन्द्र यादवले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा मङ्सिर १ गते गरिएको छ ।