INSEC Online

📅 २०८३ जेष्ठ २१

भीमफेदी कारागारबाट भागेका १ सय ६८ जना कैदीबन्दी अझै फरार

गत भदौ २४ गते राति मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट कारागारको पर्खाल भत्काएर भागेका ४ सय ४० कैदीबन्दीमध्ये १ सय ६८ जना कैदीबन्दी अझै फरार रहेका छन् । भागेका मध्ये २ सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी ३ सय ९ कैदीबन्दी भीमफेदी कारागार फर्किएको पौडेलले बताए ।

कारागारबाट भागेका कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए।

 

बागमती प्रदेश कार्यालय

अन्य

भिडियो