INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिकालाई बलात्कार गरेको कसुर ठहर

सजाय तोक्नु अघि कसुर गरेको हो वा होइन भन्ने विषयमा न्यायाधीशले ठहर गर्नुपर्ने ०७५ भदौ १ गतेको नयाँ कानुनी व्यवस्था अनुसार बेलका नगरपालिका–९ का २८ वर्षीय देवेन्द्र राईले १० वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहर जिल्ला अदालतले पुस २९ गते गरेको छ ।

बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका आरोपित माथिको कारवाही गर्दै न्यायधीश तेजेन्द्रप्रसाद शर्माको इजलासले दोषी ठहर गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

पीडित बालिकालाई आरोपितले गत साउन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मौखिक उजुरी दिई १९ गते इलाका प्रहरी कार्यालय रामपुरमा लिखित उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा साउन १९ गते गरिएको थियो ।

आरोपितलाई प्रहरीले साउन १८ गते नै गिरफ्तार गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएकोमा जिल्ला अदालतको भदौ १२ को आदेशले आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

अन्य

भिडियो