INSEC Online

📅 २०८३ जेष्ठ २१

रुपन्देहीमा २९ हजार बढी नयाँ मतदाता थपिए

रुपन्देहीमा २९ हजार ८ सय ४२ जना नयाँ मतदाताहरू थपिएका जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालका बताउनु भयो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला निर्वाचन कार्यालयको समन्वयमा यो सङ्ख्या थपिएको हो ।

गत असोज १० गते देखि मङ्सिरको ५ गतेसम्म मतदाता नामावली सङ्कलनमा जिल्लामा राष्ट्रिय परिचयपत्रबाट १७ हजार ६ सय ३४ जना र निर्वाचन कार्यालय रुपन्देहीमै पुगेर १२ हजार २ सय ८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जसमध्ये कार्यालयमै पुगेर नाम दर्ता गराएकामध्ये पनि १० हजार ३ सय २२ जना रुपन्देही जिल्लाकै र १ हजार ८ सय ८६ जना अन्य जिल्लाका मतदाताको नाम सङ्कलन गरिएको निर्वाचन अधिकारी अर्यालले बताउनुभयो ।

असोज १० गते अघि रुपन्देहीमा महिला ३ लाख १३ हजार ६ सय ७, पुरुष ३ लाख ३० हजार ७ सय ४१ र अन्य ८ जना गरी कुल ६ लाख ४४ हजार ३ सय ५६ मतदाता थिए । अहिले मतदाता नामावली सङ्कलन कार्य अद्यावधिक गर्ने काम भइरहेकोले रुपन्देही जिल्लामा हालको मतदाता सङ्ख्या आउन केही समय लाग्न सक्ने अर्यालको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालय, रुपन्देहीको सूचना अधिकारी कल्पना शर्माका अनुसार अहिले सङ्कलन भएका मतदाता नामावलीको त्रुटि सच्याउने, रुजु गर्ने, राष्ट्रिय परिचयपत्र मार्फत दर्ता हुन आएका मतदाताहरूको रिक्वेष्टलाई एप्रुभ गर्ने, नामावली संशोधन लगायतका काम भइरहेको छ । शर्माका अनुसार “तीन–चार दिनमै यो काम सकिन्छ, अनि हामीले अनुसूची ६ र अनुसूची २ मा काम गरे ठाउँ सार्नुपर्ने भए ठाउँ सार्ने लगायत संशोधनका कामहरू सकिएपछि अद्यावधिकको काम हुन्छ ।”

रीमा बि.सी.

अन्य

भिडियो