जिल्ला कारागार कार्यालय, झापामा कैद भुक्तान गरिरहेका भारत पश्चिम बंगाल राज्य दार्जिलिङका ६१ वर्षीय कर्णबहादुर लिम्बूको उपचारका क्रममा मङ्सिर ५ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
बलात्कार मुद्दामा जिल्ला अदालतले ०७५ साउन २८ गते कैद सजाय तोकेपछि साउन २९ गतेदेखि कैद भुक्तान गर्दै आएका लिम्बूको उपचारका क्रममा ०८२ मङ्सिर ५ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
घटनाका विषयमा पीडित परिवारलाई जानकारी दिएको र पीडित परिवार आएपछि शव बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ ।