INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–१ का २३ वर्षीय शिवमंगल यादवलाई ०८२ कात्तिक ३० गते गैडहवाबाट गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई कात्तिक २५ गते यौन दुव्र्यवहार गरेको भनी पीडितले अभिभावकको सहयोगमा कात्तिक ३० गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३० गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो