नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाँउपालिका–७ पर्सहवाका २१ वर्षीय शैलेन्द्र लोधलाई पुस २५ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित बालिकालाई बयर खान जाँउ भनी फकाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाबाट पुस २५ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी आएको इन्स्पेक्टर पोषणराज ढकालले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २५ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।