INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अदालतमा गरिएको आगजनी घटनाका आरोपित गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते जिल्ला अदालत, कैलालीमा आगजनी गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, सोही ठाउँका ३० वर्षीय अमन  केसी र बैतडी जिल्ला पुर्चौडी नगरपालिका निवासी धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय भरत बमलाई मङ्सिसर २ गते गिरफ्तार गरेको छ ।

धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला अदालत, कैलालीको भवन, इजलास कक्ष, दराज, विभिन्न मुद्दाका मिसिलका फाइल, अदालत परिसरमा राखिएका सवारी साधनमा आगजनी गर्नुको साथै कम्प्युटर तथा सूचना प्रविधिका उपकरणहरु लुटपाट गरेको आरोपमा गिरफ्तार गरी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय, कैलालीका डिसपी राजकुमार सिंहले बताउनु भयो ।

जिल्ला अदालतले घटनाका दोषीलाई कारबहीको माग गरी जिल्ला प्रहरी कार्यालय, कैलालीमा दिएको उजुरीका आधारमा आरोपितलाई आगजनी, तोडफोड, लुटपाट तथा अपराधिक उपद्रव कार्यमा संलग्न रहेको आरोपमा गिरफ्तार गरी १० दिनको म्याद थपमा अनुसन्धान भइरहेको डिएसपी सिंले बताउनु भयो ।

आन्दोलनकारीहरुले भदौ २४ गते जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेपछि अदालतको भवन, फर्निचर, दुई ओटा इजलाश कक्ष, दराज, विभिन्न मुद्दाका ३० हजार मिसिलका फाइलहरु जेलर नष्ट भएका थिए भने कम्प्युटर तथा सूचना प्रविधिका उपकरणहरु लुटपाट गरिएको थियो । अदालत परिसरमा राखिएका सरकारी चार ओटा चारपाङग्रे गाडी र चार ओटा मोटरसाइकल, मुद्दा परेर प्रहरीले नियन्त्रणमा लिइ अदालतमा राखिएका १ सय ८० मोटरसाइकल र चार ओटा चारपाङ्ग्रे सवारी साधनमा समेत आगजनी गरिएको थियो ।

मैनामोती चौधरी

अन्य

भिडियो