आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका ५ मा रहेको झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले काति्क २८ गते गिरफ्तार गरेको छ । मिक्लाजुङ गाउँपालिका–४ रबि बजारका २६ वर्षीय बाबुराम आङदेम्बेलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आङदेम्बेलाइ मिक्लाजुङ गाउँपालिका–४ रबि बजार स्थित एउटा घरमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी अनिषकुमार कर्णले बताउनु भयो ।
प्रहरीकाअनुसार जवरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका आङदेम्बे २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरिक्षक दुर्गा राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरी पाँचथर कारागार पठाएको छ ।