INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिले कुटपिट गरेको पीडित कर्मचारीको आरोप

साँगुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत ३८ वर्षीय दोर्ण राईले आफूलाई साँगुरीगढी गाउँपालिका–१ का वडाध्यक्ष ४७  वर्षीय गोविन्द लिम्बूले कात्तिक २७ गते कार्यकक्षमै कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

सम्झौता नै नगरेको खेलकुद कार्यक्रमको १ लाख रुपियाँ भुक्तान नहुने भनेपछि आफूलाई वडाध्यक्षले ०८२ कात्तिक २७ गते कार्यकक्षमै कुटपिट गरेको पीडित कर्मचारीको भनाइ छ ।

कुटपिटबाट अनुहारमा चोट लागेको पीडित राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा कात्तिक २७ गतेदेखि उपचार भइरहेको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरूले ०८२ कात्तिक २७ गते विज्ञप्ति जारी गरेर घटनाको विरोध गरेका छन् ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रूम्दालीले कर्मचारीमाथि वडाध्यक्षले हातपात गर्नु अशोभनीय भएको बताउनु भयो ।

आरोपित वडाध्यक्ष लिम्बूले योजना अधिकृत राईले उपभोक्ता समितिको रकम भुक्तानी नगरेको र सुमा आफूमाथि नै आक्रमण गरेको बताउनु भएको छ ।

ईश्वर थापा 

अन्य

भिडियो