जिल्ला निर्वाचन कार्यालय सिरहाले ०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सर्वसाधारणले उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता गरिरहेको जिल्ला निर्वाचन कार्यालयका निमित प्रमुख गणपैत यादवले बताउनु भयो ।
प्रमुख यादवका अनुसार ०८२ कात्तिक २७ गते सम्म ७ हजार १ सय ४९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको बताउनु भयो ।


निर्वाचन कार्यालयमा मात्रै नामदर्ता संकलन गर्ने केन्द्र भएकोले हामीले बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म नाम संकलनको व्यवस्था गरेको र ३ वटा क्यामेराबाट तीन ठाउँमा संकलन केन्द्र राखेको यादवले बताउनु भयो । कात्तिक २८ गतेदेखि ४ वटा क्यामेराको व्यवस्था गर्ने प्रमुख यादवले बताउनु भयो । नरहा गाउँपालिकाका प्रमोद यादवले बिहानै देखि लाइनमा बसेको छु पालो नै आउदैन, कहिले सर्भरले काम गरेन भन्छ कहिले के के भोक लागि सक्यो यो भन्दा राम्रो स्थानीय तहमै जिम्मा दिएको भए राम्रो हुने बताउनु भयो ।
सिरहामा १७ वटा स्थानीय तह भए पनि एक ठाउँबाट मात्र फोटो खिच्ने व्यवस्था भएको हुँदा हामीले दिनभरी सास्ती भोग्नु परेको धनगढीमाई नगरपालिकाकी दिपिका यादवले बताउनु भयो ।