INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका–४ का २१ वर्षीय हरिओम प्रकाश कोरीलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको कात्तिक ४ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै दुई वर्ष ६ महिना कैद सजाय, २० हजार रुपियाँ जरिबाना, र ८ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।

पीडित पक्षले ०७९ असार १८ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले असार २० गते नै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असार २० गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई असार २० गते घरबाटै गिरफ्तार गरेको थियो ।

रीमा बि.सी.

अन्य

भिडियो