INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित २२ वर्षपछि गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कैलारी गाउँपालिका–७ का ५२ वर्षीय विरू कामीलाई प्रहरीले २२ वर्षपछि पुस २४ गते गिरफ्तार गरेको छ ।
०५३ साल फागुन २१ गते जिल्ला अदालतले आरोपितलाई २ वर्ष ५ महिना १९ दिन कैद हुने फैसला गरेकोमा फरार रहेका प्रतिवादीलाई २२ वर्षपछि प्रहरीले गिरफ्तार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका एसपी आभुषण तिमल्सिनाले बताए । आरोपितलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला अदालत कैलालीले जनायो ।

अन्य

भिडियो