सिरहा नपा– १ स्थित जिल्ला कारागारमा ०८२ कात्तिक २३ गते कैदीहरू बिच विवाद भई झडप हुँदा मिर्चैया नगरपालिका–८ का चोरी मुद्दाका थुनुवा ३० वर्षीय प्रमेश्वर सदा घाइते भएका छन् ।
घाइते सदाको टाउको लगायत शरीरका विभन्नि भागहरूमा चोट लागेको छ । उनको उपचार सिरहा स्थित प्रादेशिक अस्पतालमा गरिएको छ ।
कैदीबन्दीहरुको आपसी मनमुटावका कारण आपसमा झगडा भएको करागार प्रमुख सुबोध महतोले बताउनु भयो । हामी घटनाबारे बुझदै छांै दोषीलाई कारबाही गर्ने उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेश बहादुर पालले कारागार भित्र भएको घटनाको अनुसन्धान गरी कारबाही प्रकृया अगाडी बढाउने बताउनु भयो ।