INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधारगृहबाट ६० जनालाई स्थानान्तरण गरिने

विराटनगर महानगरपालिका ३ मा रहेको बाल सुधारगृहबाट १८ जना उमेर पुरा भएका ६० जनालाई विराटनगर महानगरपालिका ८ स्थित हाटखोलामा रहेको जिल्ला कारागार कार्यालयको पुरानो भवनमा स्थानान्तरण गरिने तयारी गरिएको छ ।

बाल सुधारगृहमा रहेका तर १८ वर्ष उमेर पुरा भएकाहरूले बाल सुधारगृहमा रहेका अरु साना उमेर समूहका बालकहरूलाई दुख दिने र बाल सुधारगृहबाट पटकपटक भागेपछि जिल्ला कारागारको पुरानो भवनमा स्थानान्तरणको प्रक्रिया थालिएको बाल सुधारगृहका प्रमुख सञ्जीव न्यौपानेले बताउनु भयो ।

विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहमा पटक पटक झडप हुने, भाग्ने तथा सुधारगृहको सुरक्षाव्यवस्थामै खलल हुने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालयसमेतको समन्वयमा त्यहाँबाट ६० जनालाई मोरङ कारागारको पुरानो खाली भवनमा सार्ने तयारी गरिएको हो । उक्त भवनमा बस्ने बिज्याइँकर्ताको व्यवस्थापनको सबै जिम्मेवारी बाल सुधारगृहकै हुने भएको छ ।

भवनपरिसरको सुरक्षा कारागार सुरक्षा टोलीले नै गर्ने भएकाले सुधारगृहमा देखिएको समस्या पनि समाधान हुने बाल सुधारगृहका प्रमुख न्यौपानेले बताउनु भयो ।

बाल सुधारगृहमा क्षमताभन्दा बढी बिज्याइँकर्ता राखिएको र सुरक्षाका लागि न्यून सङ्ख्यामा हतियारविहीन सुरक्षाकर्मी राखिएका कारण पटक पटक झडप र आव्रmमण हुने गरेको थियो ।

बाल सुधारगृहमा कात्तिक २५ गतेसम्म २ सय ४५ जनालाई राखिएको छ । तीमध्ये १ सय ७० जना अपराध प्रमाणित भएका र ७५ जना मुद्दा चलिरहेका छन् ।

५० जनाको क्षमता भएको सुधारगृहमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमा चुनौती छ ।

०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका व्रmममा २ सय ६ जना फरार भएकोमा १ सय ९१ जना मात्रै बाल सुधारगृह फर्किएका छन् ।

जेनजी आन्दोलनका १५ जना र ०८२ कात्तिक २० गते फरार भएका ६ जना गरी २१ जना अझै फरार रहेको वाल सुधारगृह प्रमुख न्यौपानेको भनाइ छ ।

सुधारगृहभित्र १८ वर्षमुनिका बालबालिका मात्र नभई २८ वर्षसम्मका युवा पनि राखिएका छन् । जसकारण वाल सुधागृहमा पटकपटक झडप र भाग्ने घटना हुने गरेका छन् ।

विनोद सुवेदी

अन्य

भिडियो