१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दीपायल सिलगढी नगरपालिकाका–१ का ५२ वर्षीय ओमप्रकाश चन्दलाई ०८२ कात्तिक २२ गते गिरफ्तार गरेको छ ।
बालिकालाई कात्तिक २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय, डोटीमा उजरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका सई राम नाथले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते जिल्ला अस्पताल, डोटीमा गरिएको छ ।