२३ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय पतिलाई ०८२ कात्तिक २३ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई कात्तिक २२ गते बलात्कार गरेको भन्दै पीडितले पतिविरूद्ध कात्तिक २३ गते इलाका प्रहरी कार्यालय बानियाँभारमा उजुरी दिएकी थिइन् ।
महिलाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।