६ वर्षीया बालिकालाई पुस १३ गते बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय एक बालकलाई पुस २३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फकाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २३ गते प्रहरीमा उजुरी दिएपछि गिरफ्तार गरिएको डिएसपी केशवकुमार थेवेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २३ गते गरिएको छ ।