आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान लेकवेसी नगरपालिका-१ की ३३ वर्षीया रिता कँडेललाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२ कात्तिक २१ गते सात हजार रुपियाँ सहयोग गरेको छ । उहाँका पति लिलाराम पाैडेलले हेलाहाेचाे गर्दै घर निकाला गरेपछि खाना खर्चको दावी छाेडी सम्बन्धविच्छेद गर्नका लागि जिल्ला अदालतमा मुद्दा दर्ताका लागि सहयोग पाउँ भन्दै ०८२ असाेज २३ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो । कात्तिक २० गते बसेको मानव अधिकार सहायता कक्षको बैठकले उक्त रकम सहयाेग गर्ने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।
कानुनी प्रक्रियामा जानका लागि इन्सेकद्वारा सहयोग प्रदान
बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम