१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मेलम्ची नगरपालिका— १३ फकटकशिलाका २८ वर्षीय रिकेश तमाङविरुद्ध पीडित पक्षले ०८२ कात्तिक २२ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएका छन् ।
आरोपितले बालिकालाई ०८२ साउन २५ गते बिद्यालय जानलाग्दा बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
घटनाका पश्चात आरोपित फरार भएकाले खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपेश शाहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक २२ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।