१७ वर्षीया बालिकालाई विभिन्न प्रलोभन देखाएर मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका— १३ का २३ वर्षीय अर्जुन रोक्कालाई ०८२ कात्तिक १९ गते कृष्णनगर नाकाबाट गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर कात्तिक १९ गते भारत लैजादै गर्दा गस्तीमा रहेको प्रहरीले गिरफ्तार गरेको हो । आरोपितविरुद्ध मानव बेचविखन तथा ओसार पसार सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय कृष्णनगरमा कात्तिक २० गते पीडितले उजुरी दिएकी छन् ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १९ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।