INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलनमा क्रममा हिरासतबाट फरार थुनुवा गिरफ्तार 

 जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित इलाका प्रहरी कार्यालय, बनेपाको हिरासतबाट फरार भएका एक थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ।

खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ केराबारीका २३ वर्षीय प्रविन मगरलाई प्रहरीले कात्तिक २० गते गिरफ्तार गरेको हो।

बलात्कार घटनाको अनुसन्धान लागि इलाका प्रहरी कार्यालय,बनेपाको हिरासतमा रहेका मगर ०८२ भदौ २४ गते फरार भएका थिए।

मुद्धामा अनुसन्धानमा रहेका मगर भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा काभ्रे जिल्लास्थित बनेपा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका थिए । हिरासतबाट फरार भएका मगर आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय चिसापानीले कात्तिक २० गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश बुढाथोकीले बताउनु भयो।

मगरलाई थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय,बनेपाबाट आएको प्रहरी टोलीलाई कात्तिक २२ गते जिम्मा लगाएर पठाइएको डिएसपी बुढाथोकीले बताउनु भएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

राजकुमार भट्टराई 

अन्य

भिडियो