जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका १ हजार २ सय ७८ जना कैदीबन्दी मध्ये अभैm ४ सय ४९ जना अझै फरार रहेको नख्खु कारागार प्रशासनले जनाएको छ ।
फरार मध्ये ७ सय ५९ जना फिर्ता आएको र ७० जना अन्य जिल्लाका कारागारमा फर्किएका छन् । कात्तिक १९ गतेसम्म विभिन्न मुद्दाका ७ सय ९८ जना कैदीबन्दी रहेको कारागार प्रशासनले बताएको छ ।