INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालय व्यवस्थापन समिति अध्यक्षद्वारा प्रधानाध्यापक माथि कुटपिट

इन्द्रावती गाउँपालिका— १ सिंपालकाभ्रे स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अन्जना भण्डारीलाई ०८२ कात्तिक १८ गते सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष खाम्सुङ तामाङले विद्यालय भित्रै कुटपिट गरी घाइते बनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिको बैठक बसिरहेको अवस्थामा विद्यालयमा प्रधानाध्यापक भण्डारीलाई अध्यक्षको कुरा सबै नमानेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले कुटपिट गरेको स्थानीय डबले लामाले बताउनु भयो ।

कुटपिटबाट शिक्षिकाको आँखामा गम्भीर चोट लागेको छ । घाइते शिक्षिकाको नवलपुर अस्पतालमा उपचार भएको र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको पीडित शिक्षिकाले बताउनु भयो ।

घटनाको विरोध गर्दै नेपाल शिक्षक महासङ्घ इन्द्रावती गाउँपालिका समितिले कात्तिक १९ गते विज्ञप्ती जारी गर्दै शिक्षिकामाथि कुटपिट गर्ने दोषी अध्यक्षलाई कानुनी कारबाहीको लागि सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

नातिबावु धिताल

अन्य

भिडियो