INSEC Online

📅 २०८३ जेष्ठ २१

कैलाली कारागारका २ सय ५६ जना कैदीबन्दी अझै फरार

कैलाली कारागारका २ सय ५६ जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कैलाली कारागारबाट भागेका २ सय ५६ कैदीबन्दी अझै फरार रहेका हुन् ।

कारागारबाट भागेका कैदीबन्दीहरुलाई असोज २० गतेसम्म फर्किन सूचना जारी गरे पनि कात्तिक १८ गतेसम्म ३७ जना महिला सहित ३ सय ९७ जना कैदीबन्दी मात्र फर्किएको कारागारका प्रमुख चिरञ्जिवि सापकोटाले बताउनु भयो ।

२१ जना महिला र २ सय ३५ पुरुष कैदीबन्दीहरु अझै सम्पर्कमा नआएको र ११ जना कैदीबन्दीले अन्य कारागारमा आत्मसमर्पण गरेका छन् भने एक जना बन्दीले फरार रहेको अवस्थामा आत्महत्या गरेको प्रमुख सापकोटाले बताउनु भयो ।

कैलाली कारागारमा ६ सय ६७ जना कैदीवन्दी मध्ये ५८ जना महिला कैदीबन्दी रहेका थिए । भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट सबै कैदीवन्दी भागेका थिए । प्रहरीले भागेका कैदीबन्दीहरुलाई गिरफ्तार गरी कारागारमा बुझाउने कार्य जारी रहेको प्रमुख सापकोटाले बताउनु भयो ।

मैनामोती चौधरी

अन्य

भिडियो