INSEC Online

📅 २०८३ जेष्ठ २१

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन

लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति हुम्लामा इन्सेक सदस्य संस्थाका रूपमा रहेको छ । जिल्ला  प्रहरी कार्यालयले पुस १९ गते आयोजना गरेको कार्यक्रममा उक्त समिति गठन भएको हो ।

जिल्लामा लैङ्गिक हिंसाका घटना भइरहने भएकाले प्रहरी र अधिकारकर्मीको संयुक्त सहकार्य र समन्वयमा सो समिति गठन गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिहर खड्काले बताए ।

जिल्लामा मानव अधिकार हनन्, बालबालिका ओसारपसार, मानव बेचबिखन र घरेलु हिंसासम्बन्धीका घटनालाई न्यूनीकरण गर्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेको इन्स्पेक्टर खड्काको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर हरिहर खड्काको संयोजकत्वमा २१ सदस्य समिति गठन गरिएको छ । समितिमा सदस्य सचिव (पदेन) महिला तथा बालबालिका सेवा केन्द्रकी पार्वता खड्का, नागरिक समाजबाट बसन्त रोकाया, सञ्चारकर्मीबाट अर्जुन बोहोरा, अधिकारकर्मीको तर्फबाट इन्सेकका नन्द सिंह, बार एशोसियनबाट राजबहादुर शाही, सुरक्षित आवास गृहकी कार्मा इटोल लामा, उद्योग वाणिज्य सङ्घका नाम्ग्याल तामाङलगायत सदस्य रहेका छन् ।

अन्य

भिडियो