बर्दिया जिल्ला अदालतले ६ महिनाको अवधिमा ६ ओटा मुद्दामा उजुरी दिने पक्षलाई नै ‘फेक मुद्दा’ ल्याएको भन्दै १५ दिनदेखि तीन महिनासम्म कैद फैसला गरेको छ ।
ती मुद्दाहरू प्रहरीमार्फत अनुसन्धान गरी प्रक्रियागत रूपमा आएको भएपनि अदालतले प्रमाण र दावीमा थप अनुसन्धान गर्दा फेक मुद्दा भएको देखिएकोले उजुरीवाला पक्षलाई नै कैद फैसला गरेको न्यायाधीश किरणप्रसाद पोख्रेलले बताए ।
ती फैसलाले विशेषतः बलात्कारका फेक मुद्दा आउन कमी आएको पनि न्यायाधीश किरणप्रसाद पोख्रेलले दावी गरे ।