INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारको कसुरमा तीन वर्ष कैद

१६ वर्षीया अशक्त बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा घोराही उमनपा–१० का २३ वर्षीय राजकुमार लहेरलाई जिल्ला अदालतले तीन वर्ष कैद गरेको छ ।

न्यायाधीश इश्वरीप्रसाद गौतमको इजलासले पुस १८ गते कसुरमा दोषी ठहर गर्दै त्नि वर्ष कैद गर्ने फैसला गरेको हो ।

पीडित बालिकालाई लहेरले ०७४ चैत १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १३ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७४ चैत १३ गते गरिएको थियो ।

अन्य

भिडियो