जिल्ला कारागार कार्यालय, मोरङमा सजाय भुक्तान गरिरहेका उर्लावारी नगरपालिका–१ का २० वर्षीय मुस्कान दनुवारको उपचारका क्रममा कात्तिक १३ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
बलात्कार मुद्दामा ०८१ माघ २२ गतेदेखि कारागारमा १२ वर्षको कैद सजाय भुक्तान गर्दै आएका दनुवारको उपचारका क्रममा ०८२ कात्तिक १३ गते कोशी अस्पतालमा मृत्यु भएको कारागारका जेलर गौरव ढुङ्गेलले बताउनु भयो ।
शरीर सुन्निने समस्या भएपछि दनुवारलाई कात्तिक १३ गते विहान कोशी अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा मृत्यु भएको जेलर ढुङ्गलले बताउनु भयो ।
पीडित परिवारलाई दनुवार बिरामी भएको र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिइएको जेलर ढुङ्गलले बताउनु भयो । कोशी अस्पतालको शव गृहमा राखिएको शव पीडित परिवारले शव बुझ्ने तयारी गरेको छ ।
कोशी प्रदेश कार्यालय