INSEC Online

📅 २०८३ जेष्ठ २१

नख्खु कारागारबाट भागेका कैदी पर्साबाट गिरफ्तार

जेनजी आन्दोलनका क्रममा ललितपुरको नख्खु कारागारबाट भागेका कैदी ३९ वर्षीय लालबाबु साहलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१० रानीघाटस्थित आफ्नै घरबाट ०८२ कात्तिक ११ गते साँझ गिरफ्तार गरेको छ ।

ललितपुर जिल्ला अदालतले कैदी साहलाई लागु औषध सम्बन्धी कसूर मुद्दामा २ वर्ष १ महिना कैद र १ लाख ५ हजार रुपियाँ जरिबाना तोकेको पर्सा प्रहरीले जनाएको छ ।

साह वीरगञ्जस्थित आफ्नै गाउँघरमा लुकिछिपी बस्दै आएको सूचनाको आधारमा उनकै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरिबहादुर बस्नेतले बताउनु भयो ।

तुलसी भण्डारी

अन्य

भिडियो