जेनजी आन्दोलनको क्रममा नेपालगञ्जको नौबस्ता कारागारबाट भागेका कैदीबन्दी गुलरिया नगरपालिका— ५ का २३ वर्षीय राम चरण चौधरीलाई ०८२ कात्तिक १२ गते दिउँसो बर्दिया प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट गिरफ्तार गरेको छ ।
बलात्कार मुद्दामा कैद सजाय पाएका चौधरी वडा कार्यालयबाट सिफारिस लिएर नागरिकताको प्रतिलिपि लिन आउँदा गिरफ्तार गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ कारागारबाट भागेका कैदीबन्दी चौधरीलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, बर्दियामा पठाइएको छ । चौधरी कारागारबाट भागेको ५० औँ दिनमा गिरफ्तार परेका हुन् ।
प्रकाश पौडेल