INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ चानुवाका ६५ वर्षीय रेवत थापालाई ०८२ कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले साउन ५ गते बलात्कार गरेको भन्दै बालिकाकी आमाले आरोपितविरुद्ध कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी शरतकुमार थापा क्षेत्रीले बताउनु भयो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा कात्तिक १२ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गराएको छ ।  

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ८  गते गरिएको छ ।

ईश्वर थापा

अन्य

भिडियो