INSEC Online

📅 २०८३ जेष्ठ २१

सालनालसहित बालिकाको शव फेला

बुद्धशान्ति गाउँपालिका–४ अमरवस्तीमा पुस १७ गते सालनालसहितको बालिकाको शव प्रहरीले उत्खनन् गरी नियन्त्रणमा लिएको छ ।

स्थानीयले इलाका प्रहरी कार्यालय वुधबारेमा शवको बारेमा जानकारी गराएपछि प्रहरीले गाडिएको शव खोतलेर नियन्त्रणमा लिएको हो ।

घाँस काट्न गएका स्थानीयले शवको गोडा बाहिर देखेपछि प्रहरीलाई खबर गरेका थिए । सालनालले घाँटी बेरेको र सुपारीको पातले छोपिएको अवस्थामा शव फेला परेको वुधबारे प्रहरी चौकीका सई कृष्ण हुमागाँईले बताए ।

यो समाचार तयार पार्दासम्म शवको पोष्टमार्टम गरिएको छैन । घटनामा संलग्न अज्ञात रहेको प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।

अन्य

भिडियो