मानसिक अवस्था ठिक नभएकी २८ वर्षीया महिलालाई ०८२ कात्तिक २ गते बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–११ का ६० वर्षीय केशव प्रसाद दाहालविरुद्ध पीडित पक्षले कात्तिक ५ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ५ गते प्रादेशिक अस्पताल लहानमा गरिएको छ । आरोपित फरार रहेकोले खोजतलास भइ रहेको डिएसपी कैलाश राईले बताउनु भयो ।
दुर्गा परियार