जेनजी आन्दोलनका क्रममा रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार, झुम्काबाट भागेका भएका दुई जना कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा ०८२ भदौ २४ गते कारागारबाट भागेका धरान उपमहानगरपालिका–११ का २५ वर्षीय प्रज्वल क्षेत्री र धरान उपमहानगरपालिका–१३ का २४ वर्षीय गोविन्द मगरलाई प्रहरीले गिरफ्तार गरेको हो ।
कारागारबाट भागेपछि ठाउँ परिवर्तन गरी लुक्दै आएका क्षेत्री र मगरलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले बताउनु भयो ।
लागू औषध मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेको अवस्थामा भागेका क्षेत्री र मगर गिरफ्तार भएपछि कात्तिक १२ गते अदालत खुलेपछि कानुन बमोजिम कारागारमा जिम्मा दिइने डिएसपी खतिवडाको भनाइ छ ।
जयकृष्ण यादव