मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बा, भदौरेका १७ वर्षीय बालकको गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
मिक्लाजुङ गाउँपालिका-८ दुर्दिम्बाका ५२ वर्षीय विजय सिंघकले १७ वर्षीय छोराको ०८२ कात्तिक ९ गते गोली प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रूपेश तामाङले बताउनु भयो ।
मादक पदार्थ सेवन गरेका विजय सिंघकले भरूवा बन्दुकबाट गोली प्रहार गरी छोराको हत्या गरेको इन्सपेक्टर तामाङले बताउनु भयो।
घटनाका आरोपित बुवालाई प्रहरीले घटना लगतै गिरफ्तार गरी अनुसन्धानका लागि प्रहरी चौकी दुर्दिम्बामा राखेको छ।
शव पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।
कोशी प्रदेश कार्यालय