काठमाडौँको माइतीघरमा स्थानीय प्रशासनबाट अनुमति नलिई प्रदर्शनका लागि पुगेका ५० जना जेनजीलाई ०८२ कात्तिक ८ गते प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रशासनको अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न आएका व्यक्तिहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । त्यहाँ पहिले नै अर्को समूह उपस्थित भएकाले मनमुटाव हुन सक्ने अवस्था देखिएपछि उनीहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएकाहरुमा २४ जना महिला र २६ जना पुरुष रहेका छन् ।
अनमोल पन्त