INSEC Online

📅 २०८३ जेष्ठ २२

दबाबबाट मुक्त पाउने सामाजिक न्याय स्थापित हुनुपर्छ–अध्यक्ष शर्मा

राज्यद्वारा बेपत्ता पारिएका तेजबहादुर भण्डारी स्मरण तथा तेजबहादुर भण्डारी स्मृति खोज पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले सबैको दबाबबाट मुक्त हुने सामाजिक न्याय स्थापित हुनुपर्ने बताए ।

द्वन्द्वकालमा सबै नराम्रो कुरा मात्र नभइ द्वन्द्वका कारण सकारात्मक परिवर्तन पनि आएको शर्माको भनाई थियो ।

सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको तोकिएको समयावधि सकिन लाग्दासम्म मानव अधिकार आयोगमा प्रतिवेन नआएकोले आयोगले काम गर्न नपाएको शर्मा गुनासो छ ।

आयोगहरू राजनीतिक हस्ताक्षेपबाट मुक्त हुनुपर्ने शर्माले बताएका छन् । दुईतिहाइ बहुमतको सरकार भएकाले आयोगलाइ सजिलो गरी काम गर्ने वातावरण निर्माण हुने आशा समेत रहेको शर्माको भनाइ छ ।

कार्यक्रममा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले बेपत्ता पारिएका व्यक्तिको सास र मारिएकाहरूको लास नबुझाउँदासम्म न्यायको आन्दोलनले सफलता नपाउने बताए ।

संविधान सभाका सदस्य जमीन्द्रमान घलेले मानव अधिकार सहितको लोकतन्त्रको आभास सबै मानवले पाउनुपर्ने बताए ।

बेसीशहर नगरपालिकका प्रमुख गुमानसिंह अर्यालले द्वन्द्वकालमा युद्ध भित्र पनि अपराध भएको बताए । सो अवसरमा तेजबहादुर स्मृति खोज पत्रकारिता पुरस्कार अन्नपुर्ण पोष्टका जिल्ला सम्वाददाता नविनराज कुइकेल दिइएको थियो ।

अन्य

भिडियो