INSEC Online

📅 २०८३ जेष्ठ २१

१ सय दलित बालबालिकाले छात्रवृत्ति पाएनन्

चङ्खेली गाउँपालिकामा रहेका विद्यालयमा अध्यनरत करिब १ सय जना दलित बालबालिकाले छात्रवृत्ति नपाएको गुनासो गरेका छन् । उक्त्त गाउँपालिकामा महादेव मावि, जनज्योति प्रावि, चिप्लेढुङ्गा आधारभुत विद्यालय र बालज्योति प्रावि रहेका छन् ।

आर्थिक वर्ष ०७४/७५ मा छुट्याइएको विनियोजित बजेटबाट बालबालिकाले छात्रवृत्ति नपाएको माहादेव मावि दार्मामा १० कक्षामा अध्ययनरत बालिका सुस्मिता बिकले गुनासो गरेकी हुन् ।

कानुनमा दलित बालबालिकाले छात्रवृत्ति पाउने व्यवस्था भएपनि विद्यार्थीको नाममा आएको छात्रवृत्ति सो गाउँपालिकाले वितरण गरेको छैन ।

आर्थिक वर्ष ०७२/७३ मा दलित बालकलाई ४ सय रूपियाँ र दलित बालिकालाई १ हजार रूपियाँ दिएको थियो तर यो वर्षको छात्रवृत्ति अहिलेसम्म पनि नपाएको बिकले गुनासो गरेकी हुन् ।

उनले भनिन्–‘हुम्ला जस्तो विकट ठाउँमा रहेका दलित बालबालिकाको नाममा आएको छात्रवृत्ति कसले खाएको हो त ? यसको छानविन गर्न गाउँपालिकालाई अनुरोध गरे पनि सुनुवाइ गरेको छैन ।’

सोही विद्यलायकी छात्रा मालती सुनारले स्थानीय तह छुट्याएदेखि विद्यालयमा उपलव्ध हुने जुन सुकै पनि सेवा सुविधा पाउनबाट वञ्चित भएको गुनासो गरेकी छन् ।

चङ्ंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाइँले गाउँपालिकाको लेखापालले छात्रवृत्ति हिनामिना गरेको आरोप लगाएका छन् ।

गाउँपालिकाका लेखपाल हुम्लाकै कृषि ज्ञान केन्द्र कार्यालयमा पनि कार्यरत रहेको उनको भनाई छ । सो कार्यलयमा जाँदा पनि लेखापालसँग भेट हुन सकेन ।

अन्य

भिडियो