INSEC Online

📅 २०८३ जेष्ठ २१

घरबाट हराएको १८ दिनपछि बालिका हत्या गरिएको अवस्थामा फेला

लेटाङ नगरपालिका–२ फडानी, स्कूल चोककी ११ वर्षीया बालिका घरबाट हराएको १८ दिनपछि जङ्गलमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा फेला परेकी छन् ।

लेटाङ नगरपालिका–२ फडानीस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा पाँच अध्ययनरत बालिका ०८२ असोज २१ गते देखि हराएकी थिइन् ।

लेटाङ–वेलवारी सिमानासँगैको जङ्गल क्षेत्रमा कात्तिक ७ गते विभत्स तरिकाले हत्या गरेको अवस्थामा बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बालिका घरबाटै हराएसँगै पीडित परिवारले असोज २१ गते इलाका प्रहरी कार्यालय, लेटाङमा खोजी गरीदिन निवेदन दिएको थियो ।

जङ्गल क्षेत्रमा शव फेला परेपछि प्रहरीले शवको मुचुल्का उठाएको छ ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा कात्तिक ८ गते गरिने प्रहरीले जनाएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो