वैदेशिक रोजगारीको बाहानामा सात महिनादेखि बन्धक बनाइएका २० देखि ३० वर्षीया नौ जना महिलाको समूहलाई उद्धार गरी पुस १५ गते महिलाका आफन्तहरूलाई जिम्मा लगाइएको छ ।
केआई नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महिनौँदेखि बन्धक बनाइएका महिलाको पुस १० गते उद्धार गरिएको हो ।
पीडत नौ जनामध्ये सात जनालाई कुवेत, एक जनालाई दुवई र एक जनालाई साउदीमा राम्रो कमाईको प्रलोभनमा पारी लगिएको पीडीतहरूले बताएका छन् ।