७६ वर्षीया फूलमाया जिसीको ०८२ कात्तिक ३ गते राति माथागढी गाउँपालिका–४ देउगीरमा झडेवा बस्ने ३७ वर्षीय मिनबहादुर विश्वकर्माले कुटपिट गर्दा मृत्यु भएको छ । विश्वकर्माको कुटपिटबाट फूलमायाका पति ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकोमा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । राति प्रहरीलाई खबर आउना साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले विश्वकर्मालाई कात्तिक ३ गते राति नै गिरफ्तार गरेको छ। घरमै लुकिछिपी रहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको हो । कुटपिटमा धारिलो हतियारसमेत प्रयोग भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस