INSEC Online

📅 २०८३ जेष्ठ २२

भतिजको हत्या गरेको कसुरमा जन्मकैदको सजाय

शैलुङ गाउँपालिका–८ का १० वर्षीय कुशल बिकको हत्या गरेको कसुरमा २५ वर्षीय काका उमेश बिश्वकर्मालाई जिल्ला अदालतले पुस १३ गते जन्मकैद (२५ वर्ष) को फैसला सुनाएको हो ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले सो फैसला गरेको जिल्ला अदालतले जनाएको छ । उनलाई अदालतले ०७५ असोज २१ गते कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

गत भदौ २७ गते ‘बेपत्ता’ भएका कुशल बिश्वकर्माको शव १५ दिन पछि असोज १० गते शैलुङको भैसेडाडामा फेला परेको थियो । शव फेला परेको भोलिपल्ट नै प्रहरीले उमेश विश्वकर्मालाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरेको थियो ।

अन्य

भिडियो