बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारी ७३ वर्षीय रामदुलार साहको ०८२ कात्तिक २ गते बिहान पहिचान नखुलेको समूहले गोली प्रहार गरी हत्या गरेको छ ।
गाउँको पूर्वतर्फ रहेको मन्दिरमा एक्लै बस्दै आएका पुजारीको हत्याबारे स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली घटनास्थल पुगेको थियो ।
सप्तरी जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीका अनुसार, घटनाको प्रकृति हेर्दा कबिर बाबा मन्दिरका पुजारी साह आफ्नो कुटी अगाडि पिसाब फेर्दै गरेका बेला पछाडिबाट गोली हानिएकोले उनको नाभीको छेउमा एक प्वाल देखिएको बताउनु भयो । घटना स्थलबाट दुईवटा गोलीका खोका फेला परेको एसपी केसीले जानकारी दिनु भयो । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र तीव्र रुपमा घटनाको अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
मधेस प्रदेश कार्यालय